पुँजी बजारको संकट समाधान गर्न तत्काल उच्चस्तरीय कार्यदल गठन गरियोस्: लगानीकर्ता

<p>काठमाडौं । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ । लगानीकर्ताको ‘पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदल’ले विभिन्न नीति परिमार्जन गर्न लगायत ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको हो । उक्त कार्यदलले सोमबार विज्ञप्ति जारी गर्दै ब्रोकरमार्फत मार्जिन ट्रेडिंग कारोबार कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ । लगानीकर्ताको ‘पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदल’ले विभिन्न नीति परिमार्जन गर्न लगायत ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको हो ।

उक्त कार्यदलले सोमबार विज्ञप्ति जारी गर्दै ब्रोकरमार्फत मार्जिन ट्रेडिंग कारोबार कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको सिमा तत्काल हटाउन माग गरेको छ । साथै, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्न समेत लगानीकर्ताले माग गरेका छन् ।

करिव ४५ खर्ब पुगेको सेयरबजारले पछिल्लो सयम करिब १२ खर्ब गुमाई सकेको छ । र, सरकाले अर्बौं राजश्व गुमाउनु परेको छ । त्यस्तै, ४७ लाखभन्दा धेरै लगानीकर्ताको १२ खर्बभन्दा बढी सम्पति गुमेको लगानीकर्ताहरुले जनाएका छन् ।

‘अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन वर्ष अघि नै गर्छ भनेका ५८ बुँदेका बाँकी कामहरु पुरा नहुँदा र यसबीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको छ । यो संकट समाधानका लागि हामी लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको सेयरबजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारले अरबौ राजस्व गुमेको छ । ४७ लाखभन्दा धेरै डिम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पति गुमी सकेको छ,’ कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलको नाममा जारी विज्ञप्तिमा भनिएको छ ।

लगानीकर्ताहरुले सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति थप बिग्रेमा त्यसको सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुनेमा पनि लगानीकर्ताहरुले ध्यानाकर्षण गराएका छन् ।

साथै, यस प्रतिकुल अवस्थामा लगानीकर्ताहरुलाई पनि संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरिएको छ ।

Share News