गुडविल फाइनान्सले घोषणा गर्यो ४ वर्षयताकै उच्च लाभांश

<p>काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९.१ प्रतिशत बोनस र ३.९ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो [&hellip;]</p>

काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९.१ प्रतिशत बोनस र ३.९ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७२ लाख रुपैयाँ छ । ९.१ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ९४ करोड ६१ लाख रुपैयाँ पुग्ने छ ।

प्रस्तावित १३ प्रतिशत लाभांश गत ४ वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई न्यूनतम ५.२६ प्रतिशत लाभांश र अधिकतम १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News