९७ अंकले घट्यो परिसूचक, नबिलको उच्च कारोबार

<p>काठमाडौं । सोमबारको सेयर बजार उच्च अंकले घटको छ । कारोबार खुलेको साढे २ घण्टा मै नेप्से परिसूचक ९७ अंकले घटिसकेको छ । दिउँसो १ बजेर २२ मिनेट जाँदा परिसूचक ९७.५३ अंकले घटेर २२६३.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशतले घटी हो । यो अवधिसम्म २ अर्ब ४६ करोड रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार उच्च अंकले घटको छ । कारोबार खुलेको साढे २ घण्टा मै नेप्से परिसूचक ९७ अंकले घटिसकेको छ ।
दिउँसो १ बजेर २२ मिनेट जाँदा परिसूचक ९७.५३ अंकले घटेर २२६३.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशतले घटी हो ।

यो अवधिसम्म २ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

त्यस्तै, कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यो अवधिसम्म करिब २० वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेर कारोबार भएको छ ।

यो अवधिमा जम्मा ६ वटा स्क्रिप्टको मूल्य बढेको छ । सबैभन्दा बढी बोटलर्स नेपाल (तराई) को सेयर मूल्य ५.३० प्रतिशतले बढेको छ ।

Share News