खप्तड लघुवित्त आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

<p>काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको १ लाख ३२ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । यसको लागि लघुवित्तले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको १ लाख ३२ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ ।

यसको लागि लघुवित्तले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु का तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ ।

सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड रहनेछ ।

Share News