सेयर बजारमा छायो हरियाली, एक घण्टामै ९० अंकले बढ्यो परिसूचक

<p>काठमाडौं । लामो समयपछि मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सो दिन कारोबार खुलेको एक घण्टामै परिसूचक ९० अंकले बढेको छ । दिउँसो १२ बजेर १७ मिनेट जाँदा परिसूचक ९०.४३ अंकले बढेर २३७२.१० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४ प्रतिशत अर्थात ३.९६ प्रतिशतले बढी हो । यो अवधिसम्ममा बजारमा २१६ [&hellip;]</p>

काठमाडौं । लामो समयपछि मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सो दिन कारोबार खुलेको एक घण्टामै परिसूचक ९० अंकले बढेको छ ।

दिउँसो १२ बजेर १७ मिनेट जाँदा परिसूचक ९०.४३ अंकले बढेर २३७२.१० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४ प्रतिशत अर्थात ३.९६ प्रतिशतले बढी हो ।

यो अवधिसम्ममा बजारमा २१६ वटा कम्पनीको एक अर्ब १० करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भइसेको छ । जसमध्ये सबैभन्दा बढी कारोबार हुनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

त्यस्तै, मंगलबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ भने केहीको घटेको छ । सेयर मूल्य बढेकोमध्ये १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ ।

Share News