काठमाडौं । पहिलो पटक सर्किट ब्रेक लागेको मंगलबारको बजार पुनः सुचारु भएको छ । कारोबार खुलेको २ घण्टामा ५ प्रतिशतभन्दा बढीले परिसूचक बढेपछि पहिलो पटक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको थियो ।
दिउँसो १२ बजेर ३८ मिनेटमा सर्किट लागेको बन्द भएको कारोबार १ बजेर १८ मिनेटमा पुन खुलेको छ ।
सर्किट लाग्दा परिसूचक ५.०१ प्रतिशत अर्थात ११४.२५ अंकले बढेर २३९५.९३ बिन्दुमा पुगेको थियो ।
लामो समय पछि मंगलबारको सेयर बजारमा हरियाली छाएको हो । यसअघि निरन्तर ओरालो लागेको बजारले आज भने कारोबार शुरु भएदेखि नै उकालो यात्रा तय गरेको हो ।
सम्बन्धित समाचार