काठमाडौं । मंगलबारको बजारमा ६० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब अडाई २ घण्टा मात्रै खुलेको बजारमा कारोबारमा आएका मध्ये ६० कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो ।
उक्त ६० कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । र, बाँकी १७ कम्पनीको प्रतिकित्ता सेयर साढे ९ प्रतिशतभन्दा बढी मूल्यमा बढेको छ । मंगलबार सर्किट लेभलमा सेयर किनबेच हुनेमा अधिकांश हाइड्रो र फाइनान्स समूहका कम्पनी रहेका छन् । त्यस्तै, केही माइक्रोफाइनान्स, केही विकास बैंक छन् भने वाणिज्य बैंक अन्तर्गतका एउटा पनि छैनन् ।
त्यस्तै, आजै साधारणसभा र बुक क्लोजको मिति तय गरेको नेपाल रि इन्स्योरेन्सको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । इन्स्योरेन्सको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता १२३९ रुपैयाँ पुगेको छ ।
६ प्रतिशतले बढेको बजारमा पनि दुई म्युचुअल फण्डको इकाई मूल्य भने घटेको छ । नबिल ब्यालेन्स्ड फण्ड ३ र कुमारी इक्विटी फण्डको इकाई मूल्य सामान्य अर्थात ०.२१ र ०.११ प्रतिशतले घटेको छ । यससँगै यी दुईको प्रतिइकाई मूल्य क्रमशः ९.४१ र ८.८९ रुपैयाँमा झरेको छ ।
सेयर मूल्य १० प्रतिशतले बढेका ६० कम्पनी
