लगानीकर्ताको कार्यदलले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

<p>काठमाडौं । पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् । भेटमा विभिन्न ५ वटा विषयमा छलफल भएको उक्त कार्यकादलका संयोजक अम्बिकाप्रसाद पौडेलले जनाएका छन् । पुँजीबजारको वर्तमान अवस्था, सेयरधितो [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् ।

भेटमा विभिन्न ५ वटा विषयमा छलफल भएको उक्त कार्यकादलका संयोजक अम्बिकाप्रसाद पौडेलले जनाएका छन् । पुँजीबजारको वर्तमान अवस्था, सेयरधितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुको बारेमा अर्थमन्त्री सरकात्मक रहेका उनले जनाए ।

साथै, अर्थमन्त्रीले आफू पुँजीबजारको दिगो विकास र विस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका छन् ।

Share News