काठमाडौं । माउन्टेन इनर्जी नेपालले आगामी पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले आगामी पुस १२ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस ११ गतेसम्म कायम सेयरधनी उक्त सभामा सहभागि हुन योग्य हुने छन् ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्वन्धमा सभाले छलफल गर्ने छ ।
कम्पनीले बोनस तथा नगद लाभांशको केही पनि प्रस्ताव गरेको छैन ।