काठमाडौं महानगरका निर्देशक बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

<p>काठमाडौं । काठमाडौं महानगरपालिका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । टेकु भवन निर्माणको बोलपत्रमा गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो । बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

टेकु भवन निर्माणको बोलपत्रमा गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको टेकुस्थित भवन निर्माण गर्न सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखित तयार गरी निर्माण व्यवसायी छनौट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

 

Share News