काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । ७.७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ नाघ्ने छ ।