तीन लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस १ गते मात्रै सर्पोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बुधबार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस १ गते मात्रै सर्पोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता २३०० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १७६९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४२७.५० रुपैयाँ तय भएको छ ।

त्यसैगरी, वोमी लघुवित्तको समायोजित मूल्य प्रतिकित्ता १३४०.८३ रुपैयाँ कायम भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो ।

यससँगै आजदेखि यी तीन संस्थाको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउने छैनन् ।

Share News