नेप्सेमा पौने दुई करोड कित्ता सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा करिब पौने २ करोड कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार सिटिजन बैंक र सगरमाथा इन्स्योरेन्सको गरी कूल एक करोड ७३ लाख ४१ हजार ८५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सिटिजन बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकको १२.९१३ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा करिब पौने २ करोड कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार सिटिजन बैंक र सगरमाथा इन्स्योरेन्सको गरी कूल एक करोड ७३ लाख ४१ हजार ८५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये सिटिजन बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकको १२.९१३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको ११ लाख १ हजार ३४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयरपछि सो मात्राको सेयर सूचीकृत भएको हो ।

Share News