बिहीबारको बजारः प्रभुको उच्च कारोबार, एनबीको सेयर मूल्यमा लाग्यो सर्किट

<p>काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । बुधबार सामान्य अंकले घटेको बजार बिहीबार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५७ प्रतिशतले घटी हो । बुधबारको तुलनामा बिहीबारको कारोबार २ अर्ब २८ करोड रुपैयाँले घटेको छ । बुधबार [&hellip;]</p>

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । बुधबार सामान्य अंकले घटेको बजार बिहीबार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५७ प्रतिशतले घटी हो ।

बुधबारको तुलनामा बिहीबारको कारोबार २ अर्ब २८ करोड रुपैयाँले घटेको छ । बुधबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार २ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ ।

बिहीबार २२४ वटाको धितोपत्र कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, नेपाल बङ्गलादेश (एनबी) बैंकको ७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा पनि एनबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । बुधबारको तुलनामा बैंकको सेयर मूल्य ३२.२० रुपैयाँले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पछिल्लो समय एनबी बैंक नबिल बैंकसँग मर्जमा जाने व्यापक हल्ला छ । तर, हालसम्म यो विषयमा आधिकारिक निर्णय भने आइसकेको छैन ।

त्यस्तै, तीन वटा हाइड्रो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । ग्रीन लाइफ हाइड्रोपावरको ७.५९, मैलुङ्ग खोला जलविद्युत कम्पनी ७.५१ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ७.०७ प्रतिशतले घटेको छ ।

बजारमा म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड समूह ०.५७ प्रतिशतले घटेको छ ।

Share News