काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै संस्थाले सो मात्राको लाभांश वितरण गर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित १५.७९ प्रतिशत लाभांश अघिल्लो ४ वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५८, २०७४/७५ को नाफाबाट २.६३ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, संस्थाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट पनि सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।