एनसीसी बैंकले तोक्यो बुक क्लोज र साधारण सभाको मिति

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारण सभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने छन् । बैंकले आफ्नो २४औं वार्षिक साधारण सभा आगामी [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारण सभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।

यससँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने छन् । बैंकले आफ्नो २४औं वार्षिक साधारण सभा आगामी पुस २९ गते बिहान ११ बजे काठमाडौंको बागबजारस्थित रहेको होटल हार्दिकमा गर्दै छ ।

सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Share News