काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई संस्थाको बोनसको लागि मूल्य समायोजन भएको हो ।
जसमध्ये एचआईडीसीएलको ८ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्य पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २४८.३३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, साना किसान लघुवित्तको पनि २५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजित पछि प्रतिकित्ता ११७६ रुपैयाँ तोकिएको छ ।
यससँगै, पुस ४ गतेसम्म यी दुई संस्थाको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको लाभांश पाउने छन् । र, अबको बजारमा यी संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउने छैनन् ।