काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले एकैपटक तीन वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६, ७६/७७ र ७७/७८ को क्रमशः चौंथो, पाँचौं र छैठौं वार्षिक साधारण सभा आगामी पुस २८ गते गर्न लागेको हो ।
उक्त सभा सो दिन बिहान ११ बजे ललितपुरको कुपण्डोल ब्याङ्क्वेट र अनलाइन मार्फत शुरु हुने छ ।
सभाले उक्त उल्लेखित तीन वटै वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने छ ।
त्यस्तै, कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन तथा मनोनयन गर्ने प्रस्ताव रहेको छ ।