दुई वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । वाणिज्य बैंकमध्ये एनएमबि बैंक र नेपाल एसबिआईको मूल्य समोजन भएको हो । जसमध्ये एनएमबिको १२.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन मूल्य [&hellip;]</p>

काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो ।

वाणिज्य बैंकमध्ये एनएमबि बैंक र नेपाल एसबिआईको मूल्य समोजन भएको हो । जसमध्ये एनएमबिको १२.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३६.३६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपाल एसबिआईको ३.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ३४४.८३ रुपैयाँ कायम भएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको क्रमशः २७ र १९ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । यससँगै छिमेक लघुवित्तको प्रतिकित्ता १२४० रुपैयाँ र गणपति लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७४.७९ रुपैयाँ कायम भएको छ ।

यससँगै आजदेखि यी चार कम्पनीको सेयर खरिद गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउँदैनन् ।

Share News