काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सो मात्राको लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको २१औं वार्षिक साधारणसभा आगामी पुस २८ गते पसौको लिपनिवितास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १५ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले उक्त लाभांश पाउने छन् ।