प्राइम बैंकको सभाले पारित गर्यो लाभांश, सञ्चालकमा श्रेष्ठ निर्विरोध

<p>काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सो मात्राको लाभांश पाउने छन् । साथै, सभाले [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सो मात्राको लाभांश पाउने छन् ।

साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद-१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए ।

अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै सेयरधनीलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Share News