चन्द्रागिरीले डाक्यो साधारण सभा, छैन लाभांश प्रस्ताव

<p>काठमाडौं । चन्द्रागिरी हिल्सले आगामी पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२औं साधारणसभा पुस २९ गते बिहान ११ बजे थानकोटस्थित कम्पनीको कार्यालयमा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरी हिल्सले आगामी पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२औं साधारणसभा पुस २९ गते बिहान ११ बजे थानकोटस्थित कम्पनीको कार्यालयमा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीले सेयरधनीलाई वितरण गर्न बोनस तथा नगद कुनै पनि लाभांशको प्रस्ताव गरेको छैन ।

त्यस्तै, सभाले कम्पनीको बाह्रौ वार्षिक प्रतिवेदन पारितसँगै सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्दै छ ।

Share News