२५ सय बिन्दु नजिक पुग्यो नेप्से परिसूचक, कारोबार रकममा पनि देखियो सुधार

<p>काठमाडौं । बुधबारको नेप्से परिसूचक २५०० बिन्दु नजिक पुगेको छ । दिउँसो १ बजेर ५४ मिनेट जाँदा परिसूचक ८१.९३ अंकले उकालो लागेर २४९७.४७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३९ प्रतिशतले बढीले हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । बुधबारको नेप्से परिसूचक २५०० बिन्दु नजिक पुगेको छ । दिउँसो १ बजेर ५४ मिनेट जाँदा परिसूचक ८१.९३ अंकले उकालो लागेर २४९७.४७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३९ प्रतिशतले बढीले हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिनयता ३ अर्बभन्दा कममा सीमित हुनेको कारोबार आज कारोबार बन्दु हुनु एक घण्टा अघि नै ३ अर्बभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको ५६ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । लाभांश घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । यो अवधिसम्म तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भइरहेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, शिवम् सिमेन्ट र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Share News