हामी सेयर बजारप्रति सकारात्मक छौं: राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजार प्रति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बै्क सधैं पुँजि बजारप्रति सकारात्मक भएको धारणा राखेका हुन् । &#8216;हामी सेयर बजारप्रति सकारात्मक छौं, [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजार प्रति सकारात्मक रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बै्क सधैं पुँजि बजारप्रति सकारात्मक भएको धारणा राखेका हुन् ।

‘हामी सेयर बजारप्रति सकारात्मक छौं, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने ।

यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातकै कारण शोधान्तर घाटा बढेको र तरलता अभावको समस्या देखिएको बताए । उनले यी दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाई गरिएको दाबी गरे ।

‘हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण लिएको छौं, सोही अनुसार नीति बनाइरहेका छौं तर त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं,’ गभर्नर अधिकारीले भने ।

आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्नको लागि राष्ट्र बैंक सधैं अगाडि बढ्ने गरेको भन्दै उनले आयातको विषयमा अहिले गरिएको व्यवस्था आवश्यक रहेको गभर्नर अधिकारीको धारणा छ ।

उनले तरलताको समस्या समाधान र बजारलाई सहज बनाउनका लागि मौद्रिक औजारहरुको प्रयोग गरेर व्यवस्थापन भईरहेको बताए । वस्तु आयातमा गरिएको कडाई प्रतिबन्ध भने नभएको भन्दै उनले विलाशी वस्तुको आयातमा कडाई गर्नुपर्ने बताए । आयातमा व्यवसायीको पनि लगानी चाहिने भएकोले सोही प्रकारको व्यवस्था राष्ट्र बैंकले गरेको उनको भनाई छ ।

Share News