ब्रोकर नं. ४० लाई नेप्सेले भन्योः ३० दिन भित्रमा कार्यालय स्तरोन्नती गर्नुस्

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले क्रियटिभ सेक्युरिटिज अर्थात ४० नम्बर ब्रोकरलाई एक महिना भित्र कार्यालय स्तारोन्नती गर्न निर्देशन दिएको छ । नेप्सेले ब्रोकरको कार्यालय निरीक्षण गर्दा व्यवस्थित नभएको भन्दै स्तरोन्नति गर्न पुस ७ गते निर्देशन दिएको हो । बनेपामा शाखा कार्यालय रहेको ३० नम्बर ब्रोकरको कार्यालय अत्यन्तै चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले क्रियटिभ सेक्युरिटिज अर्थात ४० नम्बर ब्रोकरलाई एक महिना भित्र कार्यालय स्तारोन्नती गर्न निर्देशन दिएको छ । नेप्सेले ब्रोकरको कार्यालय निरीक्षण गर्दा व्यवस्थित नभएको भन्दै स्तरोन्नति गर्न पुस ७ गते निर्देशन दिएको हो ।

बनेपामा शाखा कार्यालय रहेको ३० नम्बर ब्रोकरको कार्यालय अत्यन्तै चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको नेप्सेले जनाएको छ । त्यसैले आगामी ३० कार्यदिन भित्रमा कानूनमा तोकिए बमोजिम स्तरोन्नती गर्न नेप्सेले निर्देशन दिएको हो ।

यदि उक्त समयभित्रमा निर्देशन पालना नगरेमा कारवाही गरिने नेप्सेले जनाएको छ ।

Share News