राष्ट्रिय वाणिज्य बैंकले डाक्यो एजीएम, ३३% लाभांशसहित सञ्चालकको भत्ता बढाउने प्रस्ताव

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे दरबारमार्गस्थित आफ्नै सभाहलमा १६औं वार्षिक साधारण सभा गर्न लागेको हो । बैंक सञ्चालक समितिको बैठकले सभामा लाभांश प्रस्तावसहित सञ्चालकको भत्ता बढाउने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे दरबारमार्गस्थित आफ्नै सभाहलमा १६औं वार्षिक साधारण सभा गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको बैठकले सभामा लाभांश प्रस्तावसहित सञ्चालकको भत्ता बढाउने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई बैंकको सभाले पारित गर्नुपर्ने छ ।

बैंकले पुँजी बढाउने प्रस्ताव समेत गरेको छ । हाल ९ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ३० प्रतिशत पछि ११ अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सञ्चालक समितिको भत्ता तथा सेवा सुविधा बढाउने पनि विशेष प्रस्ताव रहेको छ । र, नेपाल सरकारबाट बैंकको सेयर पुँजीमा लगानी बापत पाउने रकम अर्थमन्त्रालयको नाममा सेयर कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

सभामा जान बैंकले आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।

Share News