काठमाडौं । एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सम्वृद्धि फण्ड-१ आगामी पुस २२ गते परिपक्व हुँदै छ । २०७१ पुसदेखि दोश्रो बजारमा सञ्चालनमा आएको उक्त फण्ड आगामी पुस २२ गतेदेखि परिपक्व हुन लागेको हो ।
फण्ड व्यवस्थापक एनआईबीएल एस क्यापिटलले ७ वर्षमा परिपक्व हुने गरी एक अर्ब रुपैयाँ बराबरको आकार रहेको उक्त फण्ड जारी गरेको थियो । एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको यो पहिलो योजना समेत हो ।
७ वर्षे अवधिमा यो फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) न्यूनतम ९ रुपैयाँदेखि अधिकतम १८.३२ रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, पहिलो योजना परिपक्व हुन लागेसँगै क्यापिटल अर्को नयाँ स्किम ल्याउने तयारीमा छ । क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गतकै ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ स्किम ल्याउने तयारी गरिरहेको क्यापिटलका म्युचुअल फण्ड प्रमुख पोष्कर बस्नेतले बताएका छन् ।
उनका अनुसार उक्त फण्डको आकार एक अर्ब ६० करोड रुपैयाँ बराबरको रहने छ । बन्दमुखी प्रकारको यो योजनाको अवधि १० वर्षको रहने क्यापिटलले जनाएको छ ।
पहिलो योजना परिपक्व हुन लागेसँगै क्यापिटल अर्को नयाँ स्किम ल्याउने तयारीमा छ । क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गतकै ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ स्किम ल्याउने तयारी गरिरहेको क्यापिटलका म्युचुअल फण्ड एक्टिङ हेड पोष्कर बस्नेतले बताएका छन् ।
उनका अनुसार उक्त फण्डको आकार एक अर्ब ६० करोड रुपैयाँ बराबरको रहेको छ । जुन १० वर्षे अवधिको बन्दमुखी योजना हो । जुन निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै प्रकृया अघि बढाएको क्यापिटलले जनाएको छ ।
‘हाम्रो सामूहिक लगानी कोष अन्तगर्तको पहिलो योजना ‘एनआईबिएल सम्वृद्धि फण्ड १’ यही पुसदेखि परिपक्व हुँदै छ । त्यसको सट्टामा हामीले नयाँ स्कीम ल्याउने तयारी गरेका छौं, जसको लागि बोर्डमा फाइल पठाइसकेका छौं, बोर्डको स्वीकृति पाएपछि हामीले दोश्रो बजारमा एक अर्ब ६० करोड रुपैयाँको नयाँ स्किम ल्याउने छौं,’ बस्नेतले विकासन्युजसँग भने ।
यससँगै, नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै क्यापिटलले एक करोड ६० लाख इकाईको ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन तथा बिक्रीमा ल्याउने छ ।