३० प्रतिशत हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोज

<p>काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी पुस २१ गते बुक क्लोज गर्दै छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस २० गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । २०७७ पुस २९ गते सभाले पारित [&hellip;]</p>

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी पुस २१ गते बुक क्लोज गर्दै छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

यससँगै पुस २० गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

२०७७ पुस २९ गते सभाले पारित गरे बमोजिम कम्पनीले हकप्रद जारी गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ छ । ३० प्रतिशत अर्थात १० बराबर ३ को अनुपातमा हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ३८ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ ।

Share News