काठमाडौं । हालसम्म १३ वटा हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुको बुक क्लोज भइसकेको छ भने ४ वटाको बुक क्लोज हुन बाँकी नै छ ।
जलविद्युत कम्पनीमा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा ङादी ग्रुप पावर देखिएको छ । कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै, लाभांश घोषणा गर्नेमा दोस्रो धेरै बुटवल पावरको छ । बुटवल पावरले गत आर्थि वर्षको नाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको बुक क्लोज हुन बाँकी नै छ । कम्पनीले भोली अर्थात आइतबार बुक क्लोजको समय तोकेको छ ।
यस्तै, चिलिमे हाइड्रोपावरको आगामी बिहीबार, नेपाल हाइड्रो डेभलपरको मंगलबार र कालिका पावरको पुस १९ गते बुक क्लोज मिति तय भएको छ ।
चिलिमे हाइड्रोपावरले साढे ७ प्रतिशत नगद र त्यति नै बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल हाइड्राले ७ प्रतिशत बाेनस र 0.६३८४ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे छ । यस्तै कालिका पावरले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत नगद लाभांश् दिने घाेषणा गरेकाे छ ।
