नेपाल लाइफ र मेगासहित ८ कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

<p>काठमाडौं । सोमबारको बजारमा विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका २३८ वटा स्क्रिप्टस् (कम्पनीसहित) हरु मध्ये २७ वटाको सेयर मूल्य बढेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकसहित ८ वटा कम्पनी रहेका छन् । नेपाल लाइफको सेयर मूल्य ७ रुपैयाँ अर्थात ०.४६ प्रतिशतले बढेर प्रतिकित्ता १५४० रुपैयाँमा सेयर [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका २३८ वटा स्क्रिप्टस् (कम्पनीसहित) हरु मध्ये २७ वटाको सेयर मूल्य बढेको हो ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकसहित ८ वटा कम्पनी रहेका छन् । नेपाल लाइफको सेयर मूल्य ७ रुपैयाँ अर्थात ०.४६ प्रतिशतले बढेर प्रतिकित्ता १५४० रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको पनि सेयर मूल्य ७.५० रुपैयाँले बढेर प्रतिकित्ता २८५ रुपैयाँमा अन्तिम कारोबार भएको हो । जुन अघिल्लो दिनको तुलनामा २.७० प्रतिशतले बढी हो ।

सबैभन्दा बढी गोर्खाज फाइनान्स र मध्ये भोटेकोशीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ

सामलिङ् पावर कम्पनीको ५.९२ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिशाल बजार कम्पनीको सेयर मूल्य ०.२७ प्रतिशतले बढेर प्रतिकित्ता ४८१५ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ८५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, माहुली सामुदायिक लघुवित्तको पनि सेयर मूल्य बढेको छ । आइतबारको तुलनामा संस्थाको सेयर मूल्य २.३७ प्रतिशत अर्थात प्रतिकित्ता ३५.६२ रुपैयाँले सेयर मूल्य बढेको छ । र, सोमबारको अन्तिम कारोबार प्रतिकित्ता १५३८ रुपैयाँमा भएको छ ।

Share News