एकैदिन ४४ प्रतिशतले घट्यो सेयर कारोबार, मध्य भोटेकोशीमा सकारात्मक सर्किट कायमै

<p>काठमाडौं । मंगलबारको बजारमा कारोबार रकम ४४ प्रतिशतले घटेको छ । सोमबार ८ प्रतिशतले बढेको कारोबार रकम मंगलबारको बजारमा भने एकाएक ४४.२९ प्रतिशतले घटेको हो । मंगलबारको कारोबार रकम ३ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ अर्ब ४८ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा ५ अर्ब ६० [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा कारोबार रकम ४४ प्रतिशतले घटेको छ । सोमबार ८ प्रतिशतले बढेको कारोबार रकम मंगलबारको बजारमा भने एकाएक ४४.२९ प्रतिशतले घटेको हो ।

मंगलबारको कारोबार रकम ३ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ अर्ब ४८ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा ५ अर्ब ६० करोड रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

करिब साढे २ अर्बले कारोबार घटेको बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको मंगलबार मात्रै २६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

त्यस्तै, कारोबार रकमसँगै परिसूचक पनि घटेको छ । दिनभर कारोबारमा परिसूचकमा ४७.५८ बिन्दुको उतारचढाव देखिएको छ । र, बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य २.६६ अंक अर्थात ०.११ प्रतिशतले घटेर २५१८.९९ बिन्दुमा झरेको छ ।

त्यस्तै, घटेको बजारमा पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य भने बढेको छ । गत आइतबारदेखि मात्रै दोश्रो बजारमा सेयर कारोबार शुरु गरेको कम्पनीको सेयर मूल्य निरन्तर १० प्रतिशतले बढेको छ । मंगलबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३.१० रुपैयाँमा झरेको छ ।

बजारमा गोर्खाज फाइनान्सको सेयर मूल्यमा तीव्र उतारचढाव देखिएको छ । कहिले सर्किट लेभलमा बढेर कारोबार हुन्छ भने कहिले सर्किट लेभलमा घटेर सेयर किनबेच भइरहेको छ । मंगलबार भने फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ७८९.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक, ट्रेडिङ्ग र अन्य समूह बढेका छन् भने बाँकी समूह घटेर राताम्मे भएका छन् ।

Share News