नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

<p>काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । दिनभर २६ अंकको उतारचढाव आएको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । समग्रमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.५१ अंक अर्थात ०.२२ प्रतिशतले बढेर २५२४.५० बिन्दुमा पुगेको छ । दिनभर ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । दिनभर २६ अंकको उतारचढाव आएको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

समग्रमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.५१ अंक अर्थात ०.२२ प्रतिशतले बढेर २५२४.५० बिन्दुमा पुगेको छ । दिनभर ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५० करोड रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ४७ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत र नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ । यससँगै बुधबार यी दुबै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४६.४० र ४०२.५० रुपैयाँमा कारोबार भएको छ ।

बजारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ३.३९ प्रतिशतले घटेको छ । र, बुधबार अन्तिम कारोबार प्रतिकित्ता ४८५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, जीवन बीमा र ट्रेडिङ् समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

Share News