दुई लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन दुई लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् । जसमध्ये इन्फिनिटी लघुवित्तको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन दुई लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन हुनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् ।

जसमध्ये इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ ।

नेप्सेले समीट लघुवित्तको २५.२८५३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ११६५.३४ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा २६८.२९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ९३९ रुपैयाँमा भएको थियो ।

चिलिमे हाइड्रोपावर कम्पनीको ७.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । बुधबारको सेयर बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५०२.९० रुपैयाँमा भएको थियो ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५३७ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ५११.४३ रुपैयाँ कायम भएको छ ।

यससँगै, अबको कारोबारमा यी ५ वटै कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई नै आधार मानेर हुने छ । र, पुस १४ गतेसम्म यी कम्पनीको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउने छन् ।

Share News