कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्दै, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १५० प्रतिशत (अर्थात एक बराबर १.५ को अनुपात) हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले आगामी पुस २५ गते बुक क्लोज गर्दै छ । यससँगै पुस २४ गतेसम्म कायम सेयरधनीले [&hellip;]</p>

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १५० प्रतिशत (अर्थात एक बराबर १.५ को अनुपात) हकप्रद सेयर जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि संस्थाले आगामी पुस २५ गते बुक क्लोज गर्दै छ । यससँगै पुस २४ गतेसम्म कायम सेयरधनीले संस्थाले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । बैंकले १५० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । जसको अंकित मूल्य एक सय रुपैयाँ छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

इच्छुक सेयरधनीले माग ७ गतेदेखि माघ २७ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त सेयर निष्काशन गर्नको लागि बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यससँगै उनीहरुले सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट तथा मेरोसेयर मार्फत आवेदन दिन पाउने छन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न संस्था उच्च जोखिममा रहेको संकेत गर्दछ ।

Share News