गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ छ । जुन सराहा विकास बैंकलाई प्राप्ति गरेपछिको चुक्ता पुँजी हो [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ छ । जुन सराहा विकास बैंकलाई प्राप्ति गरेपछिको चुक्ता पुँजी हो । जसको १६ प्रतिशत अर्थात ६३ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित १६ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

साथै, संस्थाको सञ्चालक समितिको बैठकले गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति भई एकीकृत कारोबार भएपछि कायम भएका सेयरधनीले लाभांश अर्थात बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

Share News