प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, लाभांश परिमार्जन हुने !

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको पुस ३० गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभा हुने दिनभन्दा ३ दिनअघि सूचना प्रकाशित गर्दै उक्त मितिमा तोकिएको सभा स्थगित गर्ने निर्णय गरेको हो । संस्थाले कोभिड १९ महामारी एवम् नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको पुस ३० गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभा हुने दिनभन्दा ३ दिनअघि सूचना प्रकाशित गर्दै उक्त मितिमा तोकिएको सभा स्थगित गर्ने निर्णय गरेको हो ।

संस्थाले कोभिड १९ महामारी एवम् नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछिको खुद नाफामा परिवर्तन हुने सक्ने भन्दै सभा स्थगित गरेको हो । संस्थाले प्राविधिक कारणले गर्दा अको सूचना सार्वजनिक नभएसम्मको लागि सभा स्थगित गरिएको जनाएको छ ।

संस्थाको अनुसार गत वर्षको नाफा र संस्थाको प्रस्तावित लाभांशमा केही परिमार्जन हुने देखिन्छ । संस्थाले २७ वर्षपछि आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको थियो । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै, संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि गरेको बुक क्लोजको मिति भने पहिले तय गरेकै हुने समेत जनाएको छ ।

संस्थाले पुस ३० गते आफ्नो २५औं वार्षिक साधारण सभा तय गरेको थियो ।

सम्बन्धित समाचार

किशोर महर्जनले देखाए चमत्कार, २७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा

Share News