काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश पारित गरेको छ ।लघुवित्तको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरेको हो ।
साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संचालन मुनाफा रु। ३१ करोड १० लाख आर्जन गरेको छ ।
साथै उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ वर्षकोे लागि निर्विरोध चयन गरेको छ ।
अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको यस वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख पुग्ने छ ।
यस संस्थाको आ।व।२०७६र०७७ को अन्त्यमा १७३ वटा साझेदार संस्थाहरुसंग ८ अर्ब ६ करोड कर्जा लगानीमा रहेकोमा, आ।व।२०७७र०७८ को अन्त्यमा २९३ वटा साझेदार संस्थाहरुसँग ११ अर्ब ८१ करोड कर्जा लगानीमा रहेको छ ।
आ।व। २०७७र०७८ को अन्त्य सम्ममा संस्थाले साझेदार संस्थाहरुका करीब ३१ हजार कर्मचारी तथा पदाधिकारीहरु ९ लाख ५८ हजार लघुवित्तमा संलग्न ग्राहक सदस्यहरुलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गराईसकेको छ ।