नेप्से परिसूचकले पार गर्यो २९०० को बिन्दु, डेढ घण्टामै पौने ४ अर्बको कारोबार

<p>काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा नेप्से परिसूचकले २९०० बिन्दु पार गरेको छ । कारोबार खुलेको केही मिनेटमै परिसूचकले सजिलै २९०० को बिन्दु पार गर्न सफल भएको हो । दिउँसो १२ बजेर १९ मिनेट जाँदा परिसूचक ६८.६९ बिन्दुले उकालो लागेर २९२६.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४० प्रतिशतले बढी हो [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा नेप्से परिसूचकले २९०० बिन्दु पार गरेको छ । कारोबार खुलेको केही मिनेटमै परिसूचकले सजिलै २९०० को बिन्दु पार गर्न सफल भएको हो ।

दिउँसो १२ बजेर १९ मिनेट जाँदा परिसूचक ६८.६९ बिन्दुले उकालो लागेर २९२६.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४० प्रतिशतले बढी हो ।

त्यस्तै, कारोबार खुलेको डेढ घण्टामै पौने ४ अर्बको सेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बजारमा २२१ स्क्रिप्सको ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । यो अवधिसम्म कम्पनीको १५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

Share News