किसान लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आव  नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस [&hellip;]</p>

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

माघ २ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आव  नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पारित पछि संस्थाको चुक्ता पुँजी ४९ करोड १० लाख रुपैयाँ पुग्ने छ ।

संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

Share News