काठमाडौं । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । कम्पनीले माघ ११ गते सम्मको लागि यो सेवा बन्द गराएको हो ।
कम्पनीमा कार्यरत अधिकांशक कर्मचारी कोरोना संक्रमित भएकाले संस्थाले चेन ब्रेकका लागि उक्त सेवा बन्द गराएको हो ।
साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ । कम्पनीले माघ ३ गते एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।