माछापुच्छ्रे बैंकसहित दुई लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकसहित दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन माछापुच्छ्रे बैंक, साधना लघुवित्त वित्तीय संस्था र आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत अर्थात १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर थपिएको हो [&hellip;]</p>

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकसहित दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन माछापुच्छ्रे बैंक, साधना लघुवित्त वित्तीय संस्था र आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत अर्थात १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर थपिएको हो ।

त्यस्तै, साधना लघुवित्त र आशा लघुवित्तको २५/२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । जसमा साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता र आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै यी संस्थाको सेयर छिट्टै नै सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News