सेयर कारोबार बढ्दा एनटीसीको सर्वाधिक, वीन लघुवित्तसहित दुई हाइड्रोमा लाग्यो सर्किट

<p>काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.३७ प्रतिशतले घटी हो । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बजारमा एकैदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.३७ प्रतिशतले घटी हो ।

कारोबार खुलेदेखि ओरालो लागेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बजारमा एकैदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा एक अर्ब २६ करोड रुपैयाँले घटी हो । बिहीबारको बजारमा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार एनटीसी (नेपाल दुरसञ्चार कम्पनी) को उच्च सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १५१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५६ रुपैयाँ (३.८४ प्रतिशत) ले बढी हो ।

त्यस्तै, बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । वीन नेपाल लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये वीन नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९१४ रुपैयाँ, बुद्धभूमीको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३४८ रुपैयाँ र मैलुङ्ग खोलाको ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता ६०३.५० रुपैयाँ पुगेको छ ।

आइतबार सामलिङ् पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ६८३ रुपैयाँमा झरेको छ ।

Share News