साढे एक घण्टामै ८४ अंंकले घट्यो नेप्से परिसूचक, एनआईसी एशियाको उच्च कारोबार

<p>काठमाडौं । सोमबारको सेयर बजार कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको छ । यससँगै कारोबार खुलेको साढे एक घण्टामै ८४.५० अंकले झरेर २८३६.०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.८९ प्रतिशतले घटी हो । दिउँसो १२ बजेर २८ मिनेट जाँदा बजारमा साढे ३ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा ६४ [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको छ । यससँगै कारोबार खुलेको साढे एक घण्टामै ८४.५० अंकले झरेर २८३६.०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.८९ प्रतिशतले घटी हो ।

दिउँसो १२ बजेर २८ मिनेट जाँदा बजारमा साढे ३ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा ६४ लाख ६७ हजार कित्ता सेयर ३ अर्ब ५० करोड रुपैयाँ बराबरमो किनबेच भएको छ ।

जसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । साढे १ घण्टामै कम्पनीको २३ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ८७० रुपैयाँमा किनबेच भइरहेको छ ।

बैंकले प्रस्तावित लाभांश रद्द गरेसँगै बैंकको सेयर मूल्य घटेको हो । अघिल्लो दिन बैंकको अन्तिम कारोबार प्रतिकित्ता ९०३ रुपैयाँमा भएको थियो ।

Share News