काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
यससँगै संस्थाको १० लाख २८ हजार १९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।