संस्थापक सेयर किन्न सहज गर्दै मेगा क्यापिटल

<p>काठमाडौं । मेगा क्यापिटल मार्केट्सले संस्थापक सेयरहरु खरिद तथा बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेकाे छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा, लघुवित्त, जलविद्युत, तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद-बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेकाे हाे । धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर, साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असहजताले शेयर सम्पत्ति बन्धक भएकाे र आवश्यकता अनुसार बिक्री [&hellip;]</p>

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले संस्थापक सेयरहरु खरिद तथा बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेकाे छ ।

क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा, लघुवित्त, जलविद्युत, तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद-बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेकाे हाे ।

धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर, साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असहजताले शेयर सम्पत्ति बन्धक भएकाे र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेकाे विषयलाई मध्यनजर गर्दै क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको जनाएकाे छ ।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्समा फोन वा इमेल वा मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएकाे छ ।

Share News