बिहीबारको बजारः नेशनल लाईफको उच्च कारोबार, दुई कम्पनीमा सर्किट कायमै

<p>काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर घटेको नेप्से परिसूचक आज भने ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले बढी हो । परिसूचकमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने घट्दो छ । गत चार दिनयता सेयर कारोबार रकम निरन्तर रुपमा घटिरहेको [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर घटेको नेप्से परिसूचक आज भने ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले बढी हो ।

परिसूचकमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने घट्दो छ । गत चार दिनयता सेयर कारोबार रकम निरन्तर रुपमा घटिरहेको छ । चार दिन अघि ८ अर्ब ८८ करोडको सेयर कारोबार भएको बजारमा आज भने ३ अर्ब ३४ करोड रुपैयाँमा खुम्चिएको छ । बिहीबार २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर किनबेच भएको हो ।

बिहीबार नेशनल लाईफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । इन्स्योरेन्सले लाभांश घोषणा गरेसँगै सेयर कारोबार रकम बढेको हो । कारोबार रकम मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता ११३१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, केही दिनदेखि दुई कम्पनीको सेयर मूल्य दैनिक रुपमा सर्किट लागिरहेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि १०र१० प्रतिशतले बढेको छ । जसमध्ये वीन नेपालको सेयर मूल्य प्रतिकित्ता १३३८.२० रुपैयाँ र बुद्धभूमि नेपालको सेयर मूल्य प्रतिकित्ता ५०९.५० रुपैयाँ पुगेको छ ।

Share News