काठमाडाैं । एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयर र ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री हुने भएकाे छ ।
एनआईबिएल समृद्धि फण्ड –१ नेपाल इन्भेष्टमेन्ट बैंक एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना हाे ।
एनआईबिएल समृद्धि फण्ड – १ मिति २०७८/०९/२२ गते परिपक्व भएको थियो । तसर्थ योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु र ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हाे ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य १०० रुपैयाँको दरले
तथा ऋणपत्रहरु न्यूनतम मूल्य १००० रुपैयाँको दरले बोलकबोलको माध्यमबाट आवेदन दिन
सकिने जनाइएको छ ।
साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले माघ १३ गते देखि माघ २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडाैंमा आफुले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत्आवेदन पेश गर्न सकिने जनाइएको छ ।