काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सहितको लागि गरेर १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले उक्त साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतामा कालिन्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बिहीबार हस्ताक्षर गरेका छन् ।