काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले स्थानीय तहको निर्वाचन जेठमै गर्ने निर्णय गरेसँगै सो निर्णयलाई सेयर बजारले पनि स्वागत गरेको छ । यसअघि निरन्तर घटिरहेको सेयर बजारमा आइतबार भने हरियाली छाएकाे छ ।
बजार खुलेदेखि बढ्न थालेको सेयर बजार यो समाचार तयार पार्दासम्म ७४ अंकले बढेको छ । अहिलेसम्म सेयर बजार ७४ अंकले बढेर नेप्से २८५३.९८ अंक कायम भएको छ ।
अहिलेसम्म सेयर बजारमा २ अर्ब ४९ करोड ३३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल ४८ लाख २२ हजार सेयर खरिद बिक्री भएको छ ।
शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको हो ।
