१०५ अंकको वृद्धिसँगै इन्ट्रा-डेको उच्च बिन्दुमा नेप्से परिसूचक, निफ्रासहित ५ कम्पनीमा सर्किट

<p>काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुग्न सफल भएको छ । बजारमा नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ । जुन दिनभरिकै कारोबारको करिब उच्चतम बिन्दु हो भने अघिल्लो कारोबारको तुलनामा ३.८० प्रतिशतले बढी हो । आइतबारको बजारमा परिसूचक न्यूनतम २८०५.०१ बिन्दुदेखि अधिकतम २८८५.५३ बिन्दुसम्म पुगेको छ । त्यस्तै, &#8216;क&#8217; वर्गको [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुग्न सफल भएको छ । बजारमा नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ । जुन दिनभरिकै कारोबारको करिब उच्चतम बिन्दु हो भने अघिल्लो कारोबारको तुलनामा ३.८० प्रतिशतले बढी हो ।

आइतबारको बजारमा परिसूचक न्यूनतम २८०५.०१ बिन्दुदेखि अधिकतम २८८५.५३ बिन्दुसम्म पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बजारमा एकैदिन २ अर्ब ९८ करोड रुपैयाँले सेयर कारोबार बढेको छ । गत बिहीबार ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ । २३१ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा १ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।

पछिल्लो समय देशमा चुनावी लहर छाएसँगै लगानीकर्तामा उत्साह बढेको हो । र, सेयर बजारमा परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको हो । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुनेभएसँगै बजारमा तरलता सहज हुने भएकाले पनि त्यसको प्रभाव सेयर बजारमा परेको हो ।

कारोबारमा आएकामध्ये अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि २९ रुपैयाँले बढेर प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ ।

बजारमा ५ वट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेका छन् । विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, निफ्रा र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ५४८.०६ बिन्दुले बढेको छ ।

Share News